• २०८१ फाल्गुन ७ गते बुधवार

योगको बारेमा आउने पुस्तालाई ज्ञान दिन आवश्यक छ  : राज्यमन्त्री कुमारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ६, काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले योगको बारेमा आउने पुस्तालाई जानकारी दिन आवश्यक रहेको बताएकी छिन् । अन्तर्राष्ट्रिय योग दिवस २०२३ को सन्दर्भमा काठमाडौंको कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री कुमारीले योग सम्बन्धि ज्ञान सिप र अभ्यासलाई वर्तमान तथाआउने पुस्तामा पुर्याउनआवश्यक रहेको बताईन् ।

उनले भनिन्, योग सम्बन्धि ज्ञान सिप र अभ्यासलाई वर्तमान र आउने पुस्तामा व्यापक रुपमा पुर्याउँनआवश्यक छ भनेर नै विद्यालय, प्राविधिक र व्यवहारिक शिक्षामा यसलाई ल्याउने प्रयत्न गरिएको हो । तयार भएका पाठ्यक्रम र प्रोटोकलको कार्यान्वयन गर्न सकियो भने हामीले अहिलेको भन्दा धेरै उपलब्धि हासिल गर्न सक्छौं भन्ने मलाई लाग्दछ । ’

राज्यमन्त्री कुमारीले नेपालमा प्राचीनकालमा योगको विकास भएको थियो भन्ने कुरालाई अहिलेको नयाँ पुस्ताले ध्यानदिन आवश्यक रहेको बताइन् । योग पर्यटन प्रर्वद्र्धन गर्न सके यसले राष्ट्र समृद्धिको मार्गमा ठूलो योगदान पुर्याउनेब ताईन्। उनले भनिन्ःसिप सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी एवम् संगमस्थल यस पावन भूमिमा प्राचीनकालमा योगको विकास भएको थियो भन्ने कुरालाई आजको पुस्ताले विशेष ध्यानदिन पर्दछ भन्ने मलाई लाग्दछ । यसरी योगभूमिको रुपमा रहेको नेपाललाई योगको गन्तव्य स्थलको रुपमा विकास गरी योग पर्यटनलाई प्रर्वद्र्धन गर्न सके यसले राष्ट्रलाई समृद्धिको मार्गमा लैजान योगदानपुर्याउँछ । ’

राज्यमन्त्री कुमारीले योगमा शारिरीक अभ्यास मात्र नभई निश्चित नियमविधि र प्रकृया अपनाईने हुनाले यसले स्वस्थकर जीवन यापनको लागि व्यक्तिलाई शारीरीक मानसिक र अध्यात्मिक रुपमा सफल बनाउन सहयोग पुर्याउने समेत बताईन् ।

प्रतिक्रिया दिनुहोस