• २०८१ जेष्ठ ३० गते बुधवार

साउदी अरब पटाइदिन्छु भनी रकम ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौं । प्रहरीले साउदी अरब पठाउने भनी रकम ठगी गर्ने म्यानपावर सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँको बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक नवलपरासी स्थायी घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय लक्ष्मण विश्व र काभ्रेपलाञ्चोकका ४० वर्षीय सोफि मल्ललाई पक्राउ गरिएको हाे ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरूले पीडित ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरबमा जान एक लाख २५ हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब ४० हजार रुपियाँ हुने भनी प्रलोभनमा पारी पटकपटक गरी एक लाख २५ हजार रुपियाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।

उनीहरूलाई काठमाडौँ महानगरपालिका वडा नं. ३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस