मंसिर ४, काठमाडौं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेकाे छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो ।
महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाकाले जनाएइकाे छ ।
आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाकाले जनाएइकाे छ ।