असोज ३, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका शिक्षकहरूले शिक्षा विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन् । आन्दोलनमा गएर पठनपाठनमा अवरोध पुर्याए कारबाही गर्ने महानगरको चेतावनीका बाबजुद उनीहरूले सडक आन्दोलनमा जाने निर्णय गरेका हुन् ।
आज बसेको महानगरभित्रका शिक्षकहरूको बैठकले आजदेखि सुरु भएको आन्दोलनलाई समर्थन गर्दै सहभागी हुने निर्णय गरेको हो । महानगरले आजै एक सूचना जारी गर्दै पठनपाठन बन्द गरी आन्दोलनमा जाने शिक्षकलाई कारबाही गरिने चेतावनी दिएको छ । तर, शिक्षकहरूले महानगरको अवज्ञा गर्दै आन्दोलनमा जाने निर्णय गरेका हुन् ।