• २०८० मङ्सिर १५ गते शुक्रवार

विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज बुधवार निकाल्नुभएको सूचनामा विद्यालय बन्द गरेमा कारबाही गर्ने उल्लेख छ ।

आफ्ना माग पूरा गर्ने नाममा शिक्षकहरूका कारण बालबालिकालाई पठनपाठबाट वञ्चित गर्नु उपयुक्त नहुने महानगरको भनाइ छ । सूचनामा महानगरपालिका मातहतका विद्यालय भोलि बिहीवार सबै खुला गर्न भनिएको छ । महानगरले यसअघि पनि विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारीले बन्द हड्ताल गरेमा सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस