असार ५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाईन क्षेत्र सम्बन्धि कानूनको निमार्ण नहुनु यस क्षेत्रको सबैभन्दा ठूलो चुनौती भएको बताएकी छिन् । अनलाईन टेलिभिजनको अवसर र चुनौती विषयक अन्तर संवादमा मन्त्री शर्माले अनलाईन क्षेत्रलाई पारदर्शी बनाउन सकियो भने फाइदा हुने विषयमा सरकार सचेत रहेको बताइ्न् । उनले यो विषयमा आफु गम्भीरतापूर्वक लाग्ने प्रतिवद्धता पनि जनाइन् ।
उनले भनिन्, यो क्षेत्रमा आवश्यक कानून अझै बन्न सकेको छैन्, यसलाई समेट्न पर्ने कानून भनेको आम सञ्चार ऐन सम्बन्धी कानून र सूचना प्रविधि ऐन हो । यो दुईवटै कानून हाम्रो तयारीमा छ । मिडिया क्षेत्रको लागि अनलाईन धेरै महत्वपूर्ण छ । यो क्षेत्रको सबैभन्दा ठूलो चुनौती भनेको नै यस सम्बन्धि कानून नहुनु हो । यस क्षेत्रको समस्याहरुलाई गम्भीर रुपमा सरकारले हेर्ने छ र त्यसको समाधानको लागि काम गर्ने छौ । ’
मन्त्री शर्माले सामाजिक सञ्जालका जीवनको लागि अति आवश्यक विषय भएको हुनाले यसको प्रयोगका विषयमा सचेतनामूलक कार्यक्रमहरु चलाउन पनि आवश्यक रहेको बताईन् ।आजको छलफलबाट आएको निष्कर्षले कानून निमार्णको लागि महत्वपूर्ण आधारमा हुने पनि उनको भनाइ थियो ।