• २०७९ माघ २५ गते बुधवार

नवलपुरमा दुई गैँडा मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, नवलपुर। नवलपुरको मध्यविन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा दुई गैँडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान मृत अवस्थामा भेटिएका दुई गैँडामध्ये एउटाको खाग पनि निकालिएको छ ।

निकुञ्जकका प्राविधिक र चिकित्सकको टोली घटनास्थलतर्फ गएको तिवारीले बताए । स्थानीयवासीका अनुसार चोरी शिकारीमा परेको हुन सक्ने आशंका छ । अहिले गैँडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस