• २०८० मङ्सिर १९ गते मङ्गलवार

विश्वकप छनोट खेल्न यमनी टोली नेपालमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेल खेल्न यमनी टोली नेपाल आईपुगेको छ । मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने नेपाल र यमनबीचको पहिलो लेग खेल्न यमनी टोली आज साँझ नेपाल ओर्लिएको हो ।

यो समूहमा बहराइन पनि छ । बहराइन र नेपालबीचको पहिलो लेग भने आउँदो मार्च २१ मा दशरथ रंगशालामा नै हुने छ । यसअघि यही खेलका लागि युएई पुगेको नेपाली टोली ४ सुन्यले पराजित भएको थियो ।

नेपाल र यमनबीचको खेलका लागि टिकटको मुल्य साधारणा प्यारापिटतर्फ ४०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस