• २०८० मङ्सिर १९ गते मङ्गलवार

विश्वकप क्रिकेट फाइनल : भारत र अष्ट्रेलियाले पुरानै प्लेईङ ११

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा भारत र अष्ट्रेलियाले पुरानै प्लेईङ ११ उतारेका छन् । उपाधिका लागि मैदानमा उत्रिएका दुवै टिमले सेमिफाइनलकै टिमलाई दोह¥याएका छन् ।

भारतले न्युजिल्याण्ड र अष्ट्रेलियाले साउथ अफ्रिकालाई हराएर फाइनल यात्रा तय गरेका थिए । न्युजिल्याण्डविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका विराट कोहली, मोहमद सामी, श्रेयश अय्यरलाई समावेश गरेर भारतले पुरानै प्लेईङ ११ लाई उतारेका छ ।

अष्ट्रेलियाले साउथ अफ्रिकाविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्ने प्याट कुमिन्स सहित ट्रेविस हेड, डेभिड वार्नर सहित जोस इङ्ग्स, मिचेल स्टार्सलाई समावेश गरेर प्लेईङ ११ घोषणा गरेको छ ।

हेर्नुस् दुवैको प्लेइङ ११ :

भारत राहित शर्मा, विराट कोहली, सुभमन गिल, श्रेयश अय्यर, केएल राहुल, सुर्यकुमार यादव, रविन्द्र जडेजा, जसप्रीत बुम्राहा, मोहमद सामी, कुलदीप यादव, मोहमद सिराज

अष्ट्रेलिया ट्रेभिस हेड, डेभिड वार्नर, मिचेल मार्स, स्टेभन स्मिथ, मार्नुस लाबुसेन, ग्लेन म्याक्सवेल, जोस इङ्ग्स, मिचेल स्टार्स, पाट कुमिन्स, एडम जम्पा, जोस हेजलउड

प्रतिक्रिया दिनुहोस