• २०८० मङ्सिर १९ गते मङ्गलवार

विश्वकप फाइनल : अष्ट्रेलियाले टस जित्याे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौं । विश्वकपको फाइनल खेलमा अष्ट्रेलियाले टस जितेको छ । नरेन्द्र मोदी स्टेडियममा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर फिल्डिङ रोजेका छन् । साथै, भारतले ब्याटिङ गर्ने भएको छ ।

भारतले लिगमा लगातार १० खेल जितेको छ । न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा पुगेको हो ।

अस्ट्रेलियाले पाँच पटक विश्वकप जितेको छ । भारतले दुई पटक विश्वकप जितेको छ ।

प्रतिक्रिया दिनुहोस