• २०८० असोज ११ गते बिहिवार

जनअधिकार सहितको संविधान जारी गर्न सुवास नेम्वाङले अगुवाइ गर्नुभयो : एमाले महासचिव शंकर पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीति सङ्क्रमणबाट गुज्रिरहेको बताउनुभएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पार्टी उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित सुवास र संविधान विषय कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो अवस्थामा देशमा समन्वय गर्ने व्यक्तिको खाँचो रहेको बताउनुभयो ।

यो अवस्थामा सुवासचन्द्र नेम्वाङको अभाव खड्किरहेको पोखरेलले बताउनुभयो । ‘संविधानलाई प्रभावकारी कार्यान्वयन गर्ने बेलामा हामी उहाँलाई सम्झिरहेका छौँ’, उहाँले भन्नुभयो । संविधान सभाका अध्यक्षको रूपमा नेम्वाङले सफल भूमिका निर्वाह गर्नुभएको पोखरेलले बताउनुभयो । जननिर्वाचित संविधान सभाले जारी गरेको जनअधिकार सहितको संविधान जारी गर्ने कुरामा उहाँको अगुवाइ रहेको पोखरेलको भनाइ छ । ‘संविधान जारी गर्ने बेलामा उहाँले अगुवाइ गर्नुभयो’, पोखरेलले भन्नुभयो ।

नेपालको राजनीतिका योद्धाका रूपमा र नेपालको कानुन र संविधानका विषयमा सबैका सल्लाहकारको रूपमा नेम्वाङले भूमिका निर्वाह गर्नुभएको पोखरेलले बताउनुभयो । जतिबेला संवैधानिक र कानुनी प्रश्न आउँछन् त्यतिबेला सबैले उहाँले के भन्नुहुन्छ भनेर पर्खने गरेको पोखरेलले स्मरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस