• २०८० मङ्सिर १५ गते शुक्रवार

पत्रकार आचार्यको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, काठमाडौँ । पत्रकार, लेखक एवम पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा निधन भएको हो ।

पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित रहेका थिए । विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिएका आचार्यले लामो समय पत्रकारिता गरेका थिए ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिए । उनका श्रीमति, तीन छोरा र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस