• २०८१ जेष्ठ ३१ गते बिहिवार

जोखिम न्यूनीकरणको काम छाडेर गृहमन्त्रालय मोर्चा बनाउन व्यस्त : सांसद झा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गृह मन्त्रालय मोर्चा बनाउन व्यस्त भएको टिप्पणी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद झाले जोखिम न्यूनीकरणको लागि सरकारको सहभागिता नभएको भन्दै कुनै पनि पक्ष तयारीमा नजुटेको बताए।

उनले भने ‘ मृत्यु भन्दा पनि ठूलो डर मरिन्छ की भन्ने हुन्छ । अहिले पहाडको केही मानिसहरुलाई त्यहि त्रासले मारिरहेको छ । केही व्यक्तिहरु प्राथमिक उपचार नपाएर मरिरहेका हुन्छन् । हिजो ताप्लेजुङमा सुरेश नामक एक जनाको मृत्यु भयो । आज पहाड जोखिममा छ भने भोलि तराई र मधेस जोखिममा हुनेछन् । तर यसको लागि गृह मन्त्री र उहाँको तयारीको बारेमा जानकारी पाई रहेका छैनौं । सायद उहाँ मोर्चा बनाउमा व्यस्त हुनुहुन्छ । अर्कोहाम्रो प्रधानमन्त्री लगायत अरु जिम्मेवार व्यक्तिहरुको उपस्थितिर जानकारी के हुँदै छ हामी जनप्रतिनिधि हौं हामीले पनि जवाफदिनु पर्नेछ । र हामीले प्रश्न सोध्ने कसलाई ?जवाफकहाँ बाट अपेक्षा गर्ने ?हामीजवाफ चाहन्छौं ।

सांसद झाले जनता कतिपय अवस्थामा उपचार नै नपाएर मृत्यु स्वीकार्न बाध्यहुने गरेको टिप्पणी पनिगरे।

प्रतिक्रिया दिनुहोस