• २०७९ माघ २५ गते बुधवार

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन्। आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन् ।

सत्तारुढ सबै दलका सांसदले उनलाई विश्वासको मत दिएका छन् । ८७ सदस्यीय रहेको प्रदेश सभामा बिहीबारको बैठकमा ८६ जना सांसद उपस्थित थिए। जसमा मुख्यमन्त्री गिरीको पक्षमा मतदानमा ५७ र विपक्षमा २८ मत खसेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस