• २०८० मङ्सिर १९ गते मङ्गलवार

प्युठानमा आमाछोरा मृत फेला

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, प्युठान । नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका छन्। खवांगको काइया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोली खटेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस