• २०८० मङ्सिर १९ गते मङ्गलवार

हत्यामा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, सर्लाही। हरिवन नगरपालिका-११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् ।

कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका-११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस