• २०८१ माघ ९ गते बुधवार

धनगढीमा भीषण लागालागी, क्षतिको विवरण आउन बाँकी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, धनगढी। धनगढीमा बिद्युत् सर्ट भएर भीषण लागालागी भएको छ । शुक्रबार राति करिब १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अस्पताल नजिकै जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी हुँदा अस्पतालसहित ८ पसलमा पुगेको छ। धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस