• २०८० मङ्सिर १९ गते मङ्गलवार

‘मिस यूनिभर्स नेपाल २०२३’ को ग्राण्ड फिनालेमा २२ यूवतीबीच अन्तिम प्रतिष्पर्धा हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १, काठमाडौं । आगामी भदौ २३ गते ललितपुरमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल २०२३’ का लागि अन्तिम प्रतिस्पर्धामा २२ जना यूवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । काठमाडौंको रायन होटलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि निर्देशक नग्मा श्रेष्ठले उक्त जानकारी दिएकी हुन् । कार्यक्रममा २२ जना प्रतिष्पर्धीहरु रातो कार्पेटमा हिँडेका थिए ।

उनीहरुले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनाहरुलाई दिँदै रातो कार्पेटमा क्वाटवाक गरे । निर्देशक नग्मा श्रेष्ठले मिस यूनिभर्स नेपाल २०२३’ को ग्रयान्ड फिनाले भदौ २३ गते ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा हुने जानकारी दिईन् । उनले यस वर्षको मिस युनिभर्स नेपाले नवीनतालाई अँगाल्ने विश्वास व्यक्त गरिन् । कार्यक्रम कान्तिपुर टिभी एचडी, कान्तिपुर सिनेप्लेक्स एचडी र कान्तिपुर टिभी एचडी युट्युबमा प्रत्यक्ष प्रशारण गरिने पनि उनले जानकारी दिईन् ।

उनले भनिन्,‘ ग्रयान्ड फिनाले भदौ २३ गते ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा हुने छ । यस वर्षको मिस युनिभर्स नेपाले नवीनतालाई अँगाल्ने विश्वास छ कार्यक्रम कान्तिपुर टिभी एचडी, कान्तिपुर सिनेप्लेक्स एचडी र कान्तिपुर टिभी एचडी युट्युबमा प्रत्यक्ष प्रशारण गरिने छ ।’ उक्त अवसरमा एशियन पेन्ट्स नेपाल प्रालिका कन्ट्री डाइरेक्टर श्री जी गोपालकृष्णले प्रायोजकको रूपमा साझेदारी गर्न पाउँदा खुसी व्यक्त गर्दै, यस उल्लेखनीय यात्राको एक हिस्सा भएकोमा उत्साहित भएको बताए ।

उनले भने,‘एशियन पेन्ट्स नेपाल र मिस युनिभर्स नेपाल २०२३ बीचको तालमेल अझ जीवन्त र सुन्दर संसार बनाउने हाम्रो साझा दृष्टिकोणको प्रमाण हो।’

प्रतिक्रिया दिनुहोस