असार ३, काठमाडौं । समाजावादी मोर्चा नेपालको घोषणा सोमबार (भोलि) गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो ।
राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको जनता समाजवादी पार्टी ९जसपा०का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।