• २०८१ फाल्गुन २ गते शुक्रवार

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्‍ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत ९ जना आईशोलेशनमा, १ जना आईसीयूमा र १ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेको छ।

बिहीबार मात्र कोरोनाबाट १५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस