• २०८१ मङ्सिर २२ गते शनिवार

मिटरब्याज पीडित र प्रहरी झडपबारे अध्ययन गर्न समिति गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ५, काठमाडौं । मिटरब्याज पीडत र प्रहरी बीच सोमबार भएको झडपबारे अध्ययन गर्न गृह मन्त्रालयले अध्ययन समिति बनाएको छ । काठमाडौँका सहायक प्रजिअको नेतृत्वमा समिति बनेको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले समिति बनाएको र समितिले के भएको हो भन्ने यथार्थ विवरण ल्याउने जानकारी दिए । उक्त झडपमा प्रहरीतर्फ ८ जना र पीडिततर्फ २० जना घाइते भएका छन् ।

सोमबारको घटनामा प्रहरीले बल प्रयोग गरेको भनेर आलोचना खेपरिरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगले समेत आपत्ति जनाइसकेको छ ।

गृहमन्त्रीस्तरीय निर्णयले कामठाडौँका सहायक प्रजिअ देवी पाण्डे खत्रीको संयोजकत्वमा नेपाल प्रहरी र ससस्त्र प्रहरी, अनुसन्धान विभाग र मन्त्रालयको एक जना प्रतिनिधि रहेको पाँच सदस्यीय समिति बनाएको छ । आफूहरुलाई पाँच दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन कार्यादेश दिइएको संयोजक पाण्डेले बिजपाटीलाई बताइन् ।

गृहमन्त्री श्रेष्ठले आज भएको पत्रकार भेटघाटमा उक्त घटना प्रति दुख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार गर्ने जानकारी दिए । उनले घाइते भएका प्रहरी र पीडतलाई आफूले भेटेर स्वास्थ्य लाभको कामना गरेको पनि बताए ।

उनले घटनामा लाठी ढुङ्गासहित रातो ध्वजा टाउकोमा बानेर आजै निर्णयक आन्दोलन गर्ने हो भन्दै प्रदर्शनको तयारी गरेपछि प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी निर्वाहमा सचेत हुने क्रममा घटना भएको बताए । बाहिरका मान्छेहरु समेत आउन थालेपछि शान्ति बाटिकामा प्रहरीले गेट लगाएपछि प्रहरी माथि ढुङ्गा हान्न थालियो र घटना भएको सूचना आएको उनले बताए ।

प्रहरीको कमाण्डर नाक मुखमा ठुलो घाउ लागेर ५,६ वटा टाँका लगाएर उपचार गराइरहेको र अन्य प्रहरी पनि घाइते भएको उनले बताए । उनले मिटरब्याजी पीडितहरु सामान्य घाइते भएको जानकारी गराउँदै जे जस्तो भए पनि घटना हुनु दुखद भएको उल्लेख गरे । उनले मिटरब्याज पीडतलाई न्याय दिएर छाड्ने तर पीडितलाई कमजोर पार्ने प्रयास कतैबाट हुन नहुने बताए ।

केही अघि देखि आन्दोलनमा रहेका मिटरब्याज पीडित र सरकारबीच विभिन्न चरणमा वार्ता भएपनि सहमति जुट्न सकेन। त्यसपछि पीडितहरु वार्ता भङ्ग गर्दै पुन आन्दोलन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस