• २०८१ असोज २२ गते मङ्गलवार

जन्ती र गाउँलेबीच झडप, ३ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा शुक्रबार राति जन्ती र गाउँले पक्षबीच झडप हुदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार झडपमा परी वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ४० वर्षीय शम्भुप्रसाद कुर्मी, २० वर्षीय अर्जुनप्रसाद पटेल, ३६ वर्षीय रामबहादुर पटेल घाइते भएका छन् ।

सडक छेउमा मोटरसाइकल पार्किङ गरेको विषयमा विवाद भई झडप भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि बाराको प्रसौनीस्थित एलएस न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । झडपमा संलग्न भएको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । झडप भएको जानकारी पाएलगत्तै ठूलो संख्यामा प्रहरी परिचालन गरेकोले भागदौड मच्चिएको थियो । भाडदौडका क्रममा केही सर्वसाधारण पनि पक्राउ परेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस