• २०८१ फाल्गुन ७ गते बुधवार

नाबालिका बलात्कार अभियोगमा माओवादी नेता देवकोटा पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, काठमाडौं । १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका एक जना नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त बानेश्वरले नाबालिका बलात्कार अभियोगमा गोरखाका भूमिनन्द देवकोटालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले उनलाई गत साता पक्राउ गरेको हाे। नाबालिका काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोलास्थित देवकोटाको घरमा बस्दै आएकी थिइन्।

विगत एक वर्षदेखि नाबालिकामाथि देवकोटाले जबरजस्ती करणी गर्ने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस