• २०८० मङ्सिर १९ गते मङ्गलवार

अवैध लागूऔषधसहित एक जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १, जुम्ला। जुम्लाकाे चन्दननाथ नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । प्रहरीले गुठीचौर गाउँपालिका-३ बस्ने १९ वर्षीय तपेन्द्र बुढथापालाई बिहीबार दिउँसो पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले तलासी लिने क्रममा तपेन्द्रले साथमा रहेको प्लाष्टिकले बेरेको पुरिया मुखमा हाली निलेकोले निजलाई नियन्त्रणमा लिई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा लगि उपचार गराउने क्रममा ४ वटा पुरियामा रहेको उक्त पदार्थ निकालिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस