• २०७९ माघ २४ गते मङ्गलवार

चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, भोजपुर । १३ वर्षीया २ जना र १५ वर्षीया २ जना बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा हतुवागढी गाउँपालिका-३ सिद्राङ बस्ने ३७ वर्षीय पुर्ण कुमार राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले विभिन्न मिति, समय र स्थानमा ती बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको भन्ने छुट्टाछुट्टै उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस