• २०७९ माघ २५ गते बुधवार

सुदूरपश्चिम प्रदेश सभामुखमा भण्डारी निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, कैलाली । सुदूरपश्चिम प्रदशको सभामुखमा नेकपा आमोबादी केन्द्रबाट निर्वाचिन प्रदेश सभा सदस्य भीम भण्डारी निर्वाचित भएका छन् । मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा तेश्रो पटक भएको मतदानमा भण्डारीलाई २९ प्रदेश सभा सदस्यले मत दिएका थिए ।

बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्ने सुदूरपश्चिम प्रदेशमा भण्डारीले २९ मत पाएपछि जेष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले निर्वाचित भएको घोषणा गरेका हुन् । आज बसेको प्रदेश सभा बैठकमा ५२ जना प्रदेश सभा सदस्य उपस्थित रहेकोमा भण्डारीको विपक्षमा २३ प्रदेश सभा सदस्यले मतदान गरेका थिए । भण्डारी नेकपा माओबादी केन्द्रका ११, नेकपा एमोका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना प्रदेश सभा सदस्यको समर्थनमा सभामुख बनेका हुन् ।

प्रदेश सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य मान बहादुर रावलले भने २३ मत मात्रै पाएका थिए । उक्त मत प्रदेश सभामा तत्काल कायम रहेको प्रदेश सभा सदस्य संख्याको बहुमत नपुगेको भन्दै जेष्ठ प्रदेश सभा सदस्य भट्टले अस्वीकृत गरेका थिए ।

रावललाई नेपाली कांग्रेसका १९ र नेकपा एकिकृत समाजबादी पार्टीका ४ प्रदेश सभा सदस्यले समर्थन दिएका थिए । प्रदेश सभाको अर्को बैठक बुधबार ९भोली० दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस