• २०७९ माघ २५ गते बुधवार

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार मुख्यमन्त्री यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ ।

जसपा नेता यादव गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई ७२ जना सांसदको समर्थन छ । मधेस प्रदेशसभामा १ सय ७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २२ र एकीकृत समाजवादीका ७ सांसद मुख्यमन्त्रीको विपक्षमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस