• २०८० मङ्सिर १९ गते मङ्गलवार

२० दिनमा काठमाडौं उपत्यका २६६ दुर्घटना, ७ जनाको मृत्यु ३३० घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३०, काठमाडौं । गत कात्तिक ११ देखि ३० गतेसम्मको अवधिमा काठमाडौं उपत्यकामा २६६ वटा दुर्घटना भएको छ । यी दुर्घटनाहरुमा ७ जनाको मृत्यु भएको छ भने ३३० जना घाइते भएका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार ७४ वटा सवारी साधन आफैं दुर्घटनामा परेको हो भने १९२ वटा दुर्घटना अन्यसँग ठोक्किएर भएको हो । काठमाडौंमा आफैं दुर्घटनामा पर्ने गाडीको संख्या ३९ छ भने ९४ वटा अरुसँग ठोक्किएर भएको छ ।

ललितपुरमा १९ वटा आफैं दुर्घटना र ३० वटा अरुसँग ठोक्किएर दुर्घटना भएको छ । भक्तपुरमा १६ वटा आफैं दुर्घटना भएको छ र ६८ वटा अरुसँग ठोक्किएर भएको छ ।

यी सबै घटनामा गरी १०८ जना पक्राउ परेका उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । यीमध्ये कतिपय घटनामाथि अहिले पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस