कात्तिक ३०, काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङले बुधबार राती अमेरिकाको क्यालिफोर्नियामा भेटवार्ता गरेका छन्। यो भेट सान फ्रान्सिस्कोमा जारी एशिया-प्यासिफिक इकोनोमिक को-अपरेशन(एपेक) समिटको सन्दर्भमा भएको हो। यो अवसरमा दुई देशकाबीच फेरि मिलिट्री कम्युनिकेशन सुरू गर्ने बिषयमा सहमति भएको छ।
अमेरिका र चीनको द्विपक्षीय बैठकका अवसरमा सि जिनपिङले भनेका थिए, ‘अमेरिका ताइवानलाई हतियार दिन छोडोस् ।उसले एक चीन नीतिको समर्थन गर्नुपर्छ जसलाई पन्छाउन सम्भव छैन।’ चीनको सरकारी न्यूज एजेन्सी सिन्ह्वाका अनुसार, राष्ट्रपति सिको भनाई थियो, ‘चीन अमेरिकालाई पछि पार्न याउसको स्थान लिन चाहँदैन तर अमेरिका पनि चीनलाई तनाव दिन बन्द गरोस्।’
चिनियाँ विदेश मन्त्रालयका अनुसार, सीले भने,‘चीनको एक्सपोर्टमा नियन्त्रण, लगानीको परीक्षण र एकतर्फि प्रतिवन्धलेचीनको स्वार्थमा हानी पुर्याईरहेको छ। चीनको विज्ञान र प्रविधिलाई दवाएर उसको बिकास यात्रामा अवरोध पुर्याउने काम भइरहेको छ।’ न्यूयोर्क टाइम्सले लेखेको छ, चिनियाँ राष्ट्रपति सीले स्पष्टसँग भने, यो धरतीयति धेरै विशाल छ कि यहाँ दुईवटा सुपर पावर मात्र रहन सक्छन्। हाम्रो देश विल्कुल फरक छ तर हामी अझ माथि उठ्न सक्छौँ। चीन र अमेरिका जस्ता दुई ठूला देशका लागि एकअर्काको अहित चाहनु कुनै पनि कुराको विकल्प हुन सक्दैन। दुई देशबीचको संघर्ष र टकरावको परिणाम खतरनाक हुन सक्नेछ।’ द्विपक्षीय बैठक भन्दा अघि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन र चिनियाँ विदेश मन्त्री वांगयी पनि सहभागी थिए। अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, ‘कम्यूनिस्ट देशहरु नै तानाशाही सञ्चालन गर्दछन्। सि जिनपिङ एक यस्ता तानाशाह हुन् जो कम्युनिस्ट देश चलाइरहेका छन्। चीनको सरकार हाम्रो सरकार भन्दा बिल्कुल अलग छ।’
पत्रकार सम्मेलनका अवसरमा बाइडेनले भनेका थिए, ‘चिनियाँ राष्ट्रपति सि जिनपिङसँग मेरो धेरै राम्रो कुराकानी भयो। परस्पर चासोका बिषयमा गम्भीर र सकारात्मक छलफल भए। मैले ताइवान मुद्दाका बारेमा आफ्नो धारणा स्पष्ट भनिदिएँ। हामी एक चीन नीतिको समर्थन गर्छौँ र कहिल्यै फेरबदल गर्ने छैनौँ।’ यसअघि बाइडेनले सिसँग कुराकानी गर्दा भनेका थिए,‘म हामी बीचको बातचीतलाई महत्व दिन्छु, किनभने मलाई लाग्छ कि हामी एकअर्कालाई प्रष्टसँग बुझौँ। यहाँ एक नेता अर्को नेतासँग कुराकानी गरिरहेको छ। हाम्राबीच कुनै अन्यौल र भ्रम नरहोस्। हामीबीचको प्रतिस्पर्धा संघर्षमा नबदलियोस्।’
न्यूक्लियर कमाण्डबाट टाढा रहने सहमति
बाइडेन र सिबीच वन-टु-वन बैठकपछि बाइडेनले घोषणा गरे, ‘चीन फेन्टानिल ड्रगको कम्पोनेन्ट्स माथि नियन्त्रण गर्ने छ जसले अमेरिकाको ड्रग समस्यामा लगाम लगाउन सक्ने छ। यसको सट्टा दुवै देश एआईको न्यूक्लियर कमान्डबाट टाढा राख्ने कुरामा सहमत भएका छौँ।’
दुई देशका राष्ट्रा अध्यक्षहरुबीच करीब २ घण्टा कुराकानी भएको थियो। यी दुई नेता पछिल्लो पटक गत वर्ष २०२२ को नोभेम्वरमा भेटेका थिए। बाइडेनर सिबीच व्यक्तिगत र पारिवारीक प्रसंगमा पनि कुराकानी भएको थियो। वाईडेनले सिकी पत्नीलाई उनको जन्मदिनका लागि बधाई र शुभकामना पनि दिएका थिए।