• २०८१ फाल्गुन ७ गते बुधवार

‘अब बन्द गर्नुस् यो खेल हामीलाई नपठाउनुस् जेल ।’ : उद्योगी मोतीलाल दुगड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, काठमाडौं । नेकपा एमालेका दोस्रो केन्द्रीय कमिटी बैठकले उद्योग, बाणिज्य तथा आपूर्ति विभाग प्रमुख उद्योगी मोतीलाल दुगडले, नियोजित रुपमा उद्योगीहरुलाई जेल पठाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित, नेकपा एमालेद्वारा आयोजित वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा दुगडले, आफूहरुलाई जेल हाल्ने षड्यन्त्र भइहरेको दाबी गर्दै सबैजना जेल गएर देशका जेल भरिदिने चेतवनी दिए ।

 

‘सरकारले हामीहरुबीच साजिस गरिरहेको छ । हामीहरु विरुद्ध षड्यन्त्र भइहकेो छ । पर्दाफास हुनुपर्छ । तपाईहरुले मार्ग निर्देश दिनुपर्छ । यो हामी सबैको देश हो संकुचित समुहको देश होइन् । ’ उनले भने ‘एक जुट भएर हुनुपर्छ । हामी एक जुट भएर लाग्यौ भने यो देशमा हामीलाई हाल्नको लागि यति जेलका कोठाहरुले पुग्दैन । हामीहरु एक हुनुपर्छ । यदी हामीहरु एकजना जेल गयो भने हामीहरु सबै जेल जान तयार हुनु पर्छ ।’ उनले सरकारले आफूहरु विरुद्धको खेल बन्द गर्न चेतावनी दिए । उनले भने ‘अब बन्द गर्नुस् यो खेल हामीलाई नपठाउनुस् जेल । ’

यो सरकारले कस्तो देश बनाउन खोजिरहेका छौं भन्ने प्रश्न उठाउँदै उनले भने तपाईहरुले कस्तो देश भविश्यका कर्णधारहरुलाई दिन खोजिरहनु भएको छ ?

प्रतिक्रिया दिनुहोस