माघ २, काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाइ पक्राउ गरेकाे छ । प्रहरीले काठमाडौं महानगरपालिका-७ स्थित कुमार डंगोलको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं चाबहिल बस्ने ३७ वर्षीय राज कुमार डंगोल समेत ५ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हाे ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ३ सय ३० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।