माघ २, रूपन्देही। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । प्रहरीले मर्चवारी गाउँपालिका-४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासीलाई आइतबार दिउँसो पक्राउ गरेको हाे ।
पासीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।