कात्तिक २९, काठमाडौं । चलचित्र दिमाग खराब निर्माण टोलीले हलहरुले शो कम दिएको भन्दै चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ । निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका छन्।
निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका छन्। विज्ञप्ती यस प्रकार छ :
आदर्णिय दर्शकहरूमा तिहार, छठ र नेपाल सम्वत ११४४ काे मंगलमय शुभकामना ।
‘कात्तिक २४ देखि नेपाली चलचित्र दिमाग खराव संसारभर चलिरहेको छ। दर्शकहरूको अथाह माया र सद्भाव अनि चलचित्र दिमाग खरावप्रतिको चासोका कारण दिन प्रतिदिन चलचित्र हेर्न दर्शकहरु बढीरहनुभएको छ। हामीलाई त्यो कुराले अझै जिम्मेवार बनाएको छ। र, आगामी दिनमा हामीले अझै राम्रो चलचित्र बनाउने कोसिस गर्नेछौं ।
तर, विगतदेखि हामी नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरूबाट सधैं अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौं। विदेशी चलचित्रलाई बिनातर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो । पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०-५० प्रतिशत हुन्छ । तर तेस्रो हप्तादेखि निर्मातालाई ३५ र प्रदर्शकलाई ६५ प्रशित शेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछाैं । र यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौं। हाम्रो निर्णयले सम्मानित दर्शकहरूमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो प्रदान गरिँदैन र फिल्म प्रदर्शन भइरहुञ्जेल बराबरी शेयर बाँडफाँट हुँदैन। तबसम्मको लागि नेपालमा चलचित्र प्रर्दशन रोक्ने निर्णय गरेका छौं। समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्नेछौं नभए अरू कुनै माध्यमबाट हाम्रो सिनेमा दिमाग खराव दर्शकहरूलाई देखाउने छौं भन्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।