मंसिर २८, काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र धनगढी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
जारी लिगमा धनगढीले पाँचौँ तथा चितवनले छैटौँ खेल खेल्दैछ। हालसम्मका चार खेलमध्ये दुईमा जित र दुईमा बराबरी गरेको धनगढी ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । चितवन एकमा जित, दुईमा बराबरी र दुईमा पराजय हुँदै ५ अंकसहित तालिकाको सातौँ स्थानमा छ। शीर्षस्थानमा ललितपुरसीटी छ ।
हिजो साँझ भएको खेलमा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको थियो। वीरगञ्जले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको छ।