जेठ ३१, काठमाडौं । गृहमन्त्री नाराणकाजी श्रेष्ठले, यो सरकार सफलहुनुको विकल्पनभएको बताएका छन् ।बुधवार,धनीरामपौडेलको चौथो स्मृतिविशेष कार्यक्रममा बेल्दै उनले, सरकारलाई सफलबनाउननसके पार्टीलाई स्थापितगर्न नसकिने भन्दै कुनै पनिहालतमा सरकारलाई सफलबनाउनु पर्ने बताए ।
उनले भने,‘प्रधानमन्त्री नै हाम्रै पार्टीको हुनुहुन्छ, म आफैं वरिष्ठ उपाध्यक्ष गृहमन्त्रीको रुपमा सरकारमा छु। यो बेलामाहामीले सरकारलाई सफलबनाउन सकेनौ भने हामी, र हाम्रो पार्टीले आफूलाई स्थापितगर्न सक्दैन् । यो बेलामा हरहालतमा सरकारलाई सफलबनाउन पर्छ ।’
त्यस्तै उनले माओवादीनेतृत्वमा देशमा ठूलो राजनीतिक परिवर्तन भएपनिजनताले त्यसको अनुभूतिगर्न नपाएको स्विकार गरे ।शिक्षा,स्वास्थ्य जस्ता आधारभूत कुरामा गुणात्मक र परिमाणमुखि समृद्धि दिनकालागि सरकार सफलहुनै पर्ने उनको भनाई छ ।
‘राजनीतिक परिवर्तन जुनआयामको भयो,त्यहिपहिमानाको आर्थिक सामाजिक रुपान्तरण हुन सकेन र जनताले यो राजनीतिक परिवर्तनले निर्देश गरेको र जनताले अपेक्षा गरेको सामाजिकआर्थिक रुपान्तरण संमृद्धिको अनुभूतिगर्न पाएका छैनन् । जुनउचाइ,गहिराई,व्यापकताको परिवर्तन भएको हो,जनताले स्वास्थ्य ,शिक्षा,रोजगारीलगायतकाविविध कुरामाआवश्यकता पूरा भएको र परिवर्तन राजनीतिक नेतृत्वको पोल्टामा सिमितभएनभन्ने अनुभूतिगर्न पाउनु पथ्र्यो ।’
त्यस्तै, उनले पार्टी भित्रै सबै एकताबद्ध भएर जानुपर्ने आवश्यकता रहेको बताउँदै सरकारको कामसंग पार्टीलाई जोडेर पार्टी पुर्ननिमार्णको अभियनमा सचेत ढङगले अगाडि बढ्नुपर्ने बताए ।