• २०७९ माघ २५ गते बुधवार

स्रोत नखुलेको रकम सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, सर्लाही। गोडैता नगरपालिका-१२ लक्ष्मी चोकबाट स्रोत नखुलेको १० लाख ४५ हजार रुपैयाँ सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पहलाद चापागाई, सोही नगरपालिका-२ बस्ने २७ वर्षीय सनम बस्नेत, सोही नगरपालिका-८ बस्ने ३६ वर्षीय शिव चापागाई र ४८ वर्षीय कृष्ण दहाल रहेका छन् । प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरीले बरहथवाबाट भारततर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२५ च १७९४ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी सर्लाही, मलंगवा नगरपालिका-२ बाट स्रोत नखुलेको २ लाख रुपैयाँ सहित भारत घर भएका १९ वर्षीया राहुल महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस