• २०८० मङ्सिर १९ गते मङ्गलवार

मोरङमा आगलागीहुदाँ २० जना भन्दा बढी घाइते, केहीको अवस्था गम्भीर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७, मोरङ। मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूमध्ये ९ जनालाई विराटनगर, र १० जनलाई झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ । सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर उनीहरु घाइते भएका थिए । घाइते मध्य केहीको अवस्था गम्भीर छ ।

घटनाबारे विस्तृत विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस