कात्तिक २७, नवलपरासी। पूर्बी नवलपरासीको दलदले बुलिगँटार सडक खण्डको देबचुली नगरपालिकाको गोरे घुम्तीमा भएको बोलेरो जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । ग १ ज ३२७० नम्बरको बोलेरो जीप अनियन्त्रीत भई बन्दै गरेको घरमा ठोक्किएको थियो ।
जीपमा सवार सात मध्ये ६ जनाको घटनास्थलमा र एक जनाकाे चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे । दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा र मध्यविन्दु नगरपालिका–२ का चिरन अर्याल रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन
जिल्लाको अर्खलाबाट दलदले आउँदै गरेको बोलेरो जीप बिहान देबचुली नगरपालिकाको वडा नं ६ को गोरेघुम्तीमा सडकबाट एक सय ५० मीटर तल ओमराज अधिकारीको घरमा ठोक्किन पुगेको थियो ।