• २०८१ असोज २५ गते शुक्रवार

संघीयताबारे पुनर्विचार गर्न सकिन्न : अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताका विषयमा पुनर्विचार नगर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताउनुभयो ।

एमाले संविधान निर्माता पार्टी हो भन्दै अध्यक्ष ओली संविधानलाई हल्लाउने, संविधानको पिल्लरहरुलाई चलाउने काम एमालेबाट नहुने स्पष्ट पार्नुभयो । सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई केन्द्रीय कमिटीका आधिकारिक निर्णयहरु बोकेर जान आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘हिजोदेखि एउटा हल्ला चलाइएको छ । नेकपा एमालेका चालू केन्द्रीय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो । नेकपा एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो । अब नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरु चलेका छन् । यो हुन सक्दैन ।’ शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा बोलेका गोकुल बास्कोटा, महेश बस्नेत लगायतका नेताहरुले प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस