फागुन २९, काठमाडौं । भर्खरै सम्पन्न राष्ट्रपतिकाे निर्वाचनमा पराजित नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधि सभा संसदीय दलको उपनेता चयन भएका छन् ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता चयन गरेका हुन् । नेम्वाङ यसअघि पनि दलको उपनेताको जिम्मेवारीमा थिए ।