• २०८३ जेष्ठ २६ गते मङ्गलवार

एमाले महासचिव पोखरेल चीनबाट आजै स्वदेश फर्किने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै २६, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि एमाले महासचिव शंकर पोखरले चीन भ्रमण छोट्याएर स्वदेश फर्किने भएका छन् । स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले महासचिव पोखरेल भ्रमणका पूर्वनिर्धारित सबै कार्यक्रम रद्द गरेर मंगलबार नै नेपाल फर्किने जानकारी दिएका हुन् ।


महासचिव पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा केही दिनदेखि चीन भ्रमणमा रहेका छन् । महासचिव पोखरेल मंगलबार छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनेछन् । विदेश विभाग प्रमुख भट्टराईका अनुसार महासचिव पोखरेलको भ्रमण टोलीमा रहेका सबै सदस्य फर्किने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस