कात्तिक २५, अर्घाखाँची । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका १० सिखेधारा बस्ने २५ वर्षीय रामबहादुर घर्ती थापा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिए ।
छत्रदेव गाउँपालिका वडा नम्बर ७ डाँडाखर्कस्थित खर्यानबारीमा लगी ललाई फकाई गरी करणी गरेको पीडित परिवार श्रोतको भनाइ छ ।
जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले अर्घाखाँची र गुल्मीको सिमाना छत्रदेव गाउँपालिकाको डाँडाखर्कबाट जबरजस्ती करणी गर्ने थापालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक राठोरले बताए।यस्तै हिजो शुक्रबार जिल्ला अदालत अर्घाखाँचीमा मुद्दा दर्ता भएकोमा ९ दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।