• २०७९ माघ २५ गते बुधवार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एमाले)का राजेन्द्र रावल नियुक्त भएका छन् । बुधबार साँझ मुख्यमन्त्रीमा दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख देवराज जोशीले रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

रावललाई नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन छ । रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस