• २०८१ कार्तिक २३ गते शुक्रवार

एसीसी यू-१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २४, काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले नेपाललाई जितका लागि दुई सय ६२ रनको लक्ष्य दिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारी पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा नौ विकेट गुमाएर दुई सय ६१ रन बनाएको हो ।

अफगानिस्तानका लागि तेस्रो नम्बरका ब्याट्सम्यान जमसिद जदरानले सतकीय पाली खेले । अफगानिस्तानले नवौँ विकेटका रुपमा भने फरिदुन दाउदजाईलाई शून्य रनमा गुमाएको थियो । उनलाई गुल्सन झाले बोल्ड गरेका थिए । विकेटकिपर ब्याट्सम्यान नुमन शाह अघाले पनि टोलीको खातामा ६० रन थपेका थिए । रहिमुल्लाह जुरमातीले पनि ३५ रनको योगदान गरे । नेपाली टोलीका बलर गुल्सन झा, हेमन्त धामी र सुवास भण्डारीले दुई-दुई विकेट लिए । आकाश चन्द र दीपेश कँडेलले पनि एक-एक विकेट हात पारे । अफगानिस्तानले अतिरिक्त रुपमा पनि १६ रन पाएको थियो ।

अफगानिस्तानको पहिलो विकेट गुल्सन झाले लिएका थिए । दोस्रो र तेस्रो विकेट हेमन्त धामीले लिएका थिए । चौथो विकेट दीपेश कँडेलले लिएका थिए । पाँचौँ र छैटौं विकेट सुवास भण्डारीले लिएका थिए । सातौँ विकेट आकाश चन्दले लिएका थिए । आठौँ विकेटका रुपमा कप्तान नासिर खान चार रन बनाउँदै विपिन रावलले रन आउट भएका थिए ।

नेपाल र अफगानिस्तान आफ्नो पहिलो खेलमा पराजित भएकाले आइतबारको खेल जित्नै पर्ने दबाबमा छन् । यो खेलमा विजयी हुने टोलीको सेमिफाइनल सम्भावना जितिव रहने छ भने पराजित हुने टोली समूहगत चरणबाटै घर फर्किने छ ।

प्रतिक्रिया दिनुहोस