मंसिर २४, काठमाडौं । आज डिसेम्बर १० अर्थात् विश्व मानव अधिकार दिवस । सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप हरेक डिसेम्बर १० का दिन यो दिवस मनाइन्छ ।
मानव अधिकार विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसंघको साधारण सभाले प्रस्ताव नं. २१७ क (३) बाट अनुमोदन गरि जारी भएको हो । यसमा ३० धाराहरू रहेका छन् । घोषणापत्रमा सबै ब्यक्तिहरू जन्मजात स्वतन्त्र र प्रतिष्ठा तथा अधिकारमा समान हुने उल्लेख छ ।
त्यसैगरी सबै ब्यक्तिहरू कानूनको दृष्टिमा समान हुने जस्ता विषय उल्लेख छ । ७२ औं मानवअधिकार दिवस मनाउँदै गर्दा नेपालमा मानवधिकारको विषय संवैधानिक रुपमा बलियो बनेको छ । तर कार्यान्वयनको अवस्था फितलोहुँदा दण्डहिनता बढ्दै गएको छ । पछिल्लो समय बढ्दै गएको यौनजन्य हिंसा, हत्या तथा द्वन्द्वका पीडितहरुले अझै न्याय पाउन सकेका छैनन् ।
विश्व मानवअधिकार दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।