• २०८१ फाल्गुन ७ गते बुधवार

एमाले संकल्प यात्रा : ओली आज नुवाकोट जाँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौं । नेकपा एमालेले सुरु गरेको संकल्प यात्राको क्रममा शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली नुवाकोट जाने छन् । नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा हुने सभालाई सम्बोधन गर्न एमाले ओली नुवाकोटको बट्टार बजार आइपुग्ने एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।

एमाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । ओली नुवाकोट जाने भएपछि सदरमुकाम बिदुरमा पार्टीको झण्डा र स्वागत गेटले सिंगारिएको छ । सभाको तयारीको लागि एमाले स्थायी कमिटी सदस्य बागमती प्रदेश इन्चार्ज गुरु बराल, पोलिटव्यूरो सदस्य तथा नुवाकोट इन्चार्ज अरुण नेपाल शुक्रबारनै नुवाकोट पुगेका छन् ।

एमाले अध्यक्ष ओली नुवाकोट दरबार र पृथ्वीनारायण शाहको शालिकस्थल देविघाट पनि अवलोकन गर्ने मैनालीले बताए । एमालेले सभाको लागि गाउँगाउँबाट कार्यकर्ता उतार्ने जनाएको छ । धादिङको त्रिपुरासुन्दरी हुँदै अध्यक्ष ओली नुवाकोट सदरमुकाम आइपुग्ने र काठमाडौंको चिसापानी हुँदै आइतबार धुलिखेल पुग्ने कार्यसूची रहेको जनाइएको छ । ratopati

प्रतिक्रिया दिनुहोस