• २०८२ बैशाख ९ गते मङ्गलवार

जाजरकोटमा हाइस दुर्घटना हुँदा दुई जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २३, जाजरकोट । जाजरकोटको कालेगाउँमा हाइस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। नेपालगञ्जदेखि रिम्ना जाँदै गरेको लु२ख ६७८९ नम्बरको हाइस भेरी नगरपालिका–३ कालेगाउँमा दुर्घटना भएको हो।

हाइसमा चालकसहित नौजना सवार रहकोमा दुईजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले बताए।

उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस