• २०८० मङ्सिर १९ गते मङ्गलवार

अभिनेत्री दिपाशा बीसीको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २३, काठमाडौं । अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनको मृत्युको कारण खुलिसकेको छैन ।

झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।

प्रतिक्रिया दिनुहोस