• २०८० मङ्सिर १९ गते मङ्गलवार

इजरायलमा नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा सारियो (सुचिसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २२, काठमाडौं। हमासको आक्रमणमा परी इजरायलमा अलपत्र परेका विद्यार्थीहरूले आफूहरूको उद्धार हुन थालेको जानकारी गराएका छन्। त्यहाँका सुरक्षाकर्मीले उनीहरूलाई सुरक्षित ठाउँमा लगिएको भिडियोमार्फत जानकारी गराएका छन् ।

उद्धार गरेर लगिएकाहरुलाई तेल अभिभतर्फ लगिएको छ । ‘फार्मका सबै साथिहरू आइसकेका छौं। हामी सबैले खाने कुरा पनि पायौं। यहाँ चारैतिर आर्मीहरू छन्’ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालले भने ।

यी हुन उद्धार गरिएका नेपाली विद्यार्थीहरूः
१) रमेशबहादुर कार्की – बडिमालिका ७, बाजुरा
२) बिनोद प्रसाद शाह – गढिमाई ४, रौतहट
३) आभास भट्टराई – टीकापुर १, कैलाली
४) नरेश सिंह भण्डारी – कृष्णपुर २, कञ्चनपुर
५) लोकेन्द्र बिष्ट – मष्टामाण्डु ८, डडेल्धुरा
६) रोहित नायक – टीकापुर ६, कैलाली
७) निरञ्जन कुमार कुसहवा – पिपरीया ४, रौतहट
८) अरबिन कुमार चौधरी – दोधारा ९, कैलाली
९) उपेन्द्र जिसी – टीकापुर ९, कैलाली
१०) ओमप्रकाश उपाध्याय – धनगढी २, कैलाली
११) गणेश साउद – लम्कीचुहा १, कैलाली
१२) बादल सुवेदी – घोराही ४, दाङ
१३) प्रविण जिसी – सिम्ता २, सुर्खेत
१४) गणेशप्रसाद जोशी – मेलौली ५, बैतडी
१५) नबिन घिमिरे – बंगलाचुली ३, दाङ
१६) श्रेया तिवारी – रत्ननगर ४, चितवन
१७) बिपना जोशी – लम्किचुहा ७, कैलाली
१८) नारायण भुसाल – पयुं ५, पर्वत
१९) मनिषा खनाल – रेसुंगा २, गुल्मी
२०) लुईस रिजाल – गेरुवा ६, बर्दिया
२१) प्रमोद भट्ट – मेलौली ९, बैतडी
२२) अनुप अधिकारी – कमलामाई २, सिन्धुली
२३) समपर्ण आचार्य – तुल्सिपुर १२, दाङ
२४) निश्चल पाण्डे –टीकापुर १, कैलाली
२५) बिभुसा अधिकारी – भरतपुर १५, चितवन
२६) सुस्मा रेग्मी – बान्निगढी जैगढ २, अछान
२७) रचना चौधरी –टीकापुर १, कैलाली
२८) आशा मिश्र –लम्किचुहा ९, कैलाली
२९) कल्पना जोशी – गोदावरी २, कैलाली
३०) शिला कुमारी यादव – बढियाताल ३, बर्दिया
३१) साधना बोहरा – त्रिवेणी ५, सल्यान
३२) बिपिन सुवेदी – त्रिपुर ५, दाङ

प्रतिक्रिया दिनुहोस