• २०८१ मङ्सिर २२ गते शनिवार

उपसचिव र शाखा अधिकृत गरि ३८ कर्मचारीको सरुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप–सचिव र शाखाअधिकृत गरी ३८ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले धेरैजसो संघीय मन्त्रालयहरुमा कार्यरत रहेका २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको हो ।

उनीहरु मध्ये धेरैजसोलाई मधेश प्रदेशमा पठाइएको छ । सरुवामा विवादित बनेका दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला पनि परेका छन् । उनी पछिल्लो समय एक महिलासँग सामाजिक सञ्जालमा अश्लील हर्कत गर्दै गरेको देखिएपछि विवादित थिए । उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन । उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।

यस्तो छ,सरुवा भएका ३८ जनाको सूची

 

 

प्रतिक्रिया दिनुहोस